Incident Reports

पत्नीमाथि धारिलो हतियार प्रहार गर्ने पति थुनामा l

2014-08-26

Province 1, Khotang, Khotehang

DM Chamling Rai चिप्रिङ गाविस-८ की २२ वर्षीया कला राईलाई खुकुरी प्रहार गरी घाइते बनाउने पति २२ वर्षीय शुभ राई भन्ने किशन राईलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न भदौ १० गते आदेश दिएको छ । आदेशपछि आरोपित कारागार शाखा दिक्तेलमा थुनामा छन् । उनले साउन ७ गते साँझ पत्नीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । आरोपितलाई प्रहरीले साउन १० गते गिरफ्तार गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । खुकुरी प्रहारबाट टाउको, गर्धन र स्तनमा गहिरो चोट लागेको घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि साउन १० गते हेलिकोप्टर चार्टर गरी थप उपचारका लागि काठमाडौ लगिएकोमा टिचिङ अस्पतालमा उपचार भइरहेको छ । डेढ वर्षघि र विवाह गरेकी पीडितको हाल सात महिनाकी छोरी रहेकी छन् । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis