Incident Reports

मतगणनाकै क्रममा धनुषाको धनौजीमा विवाद, झडप नियन्त्रण गर्न हवाई फायर 

2022-05-16

Madhes, Dhanusha, Dhanauji, Ward 1

धनुषाको धनौजी गाउँपालिकामा मतगणनाकै क्रममा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । धनौजी गापा १ को लखौरी गाउँको मतगणा क्रममा पोलिङभन्दा बढी मतपत्र देखिएपछि विवाद भएको हो ।

विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको छ । गाउँपालिका वडा १ को मतगणा आइतबार रातिदेखि नै भइरहेको थियो । सोही क्रममा पोलिङभन्दा १५ वटा मतपत्र बढी देखिएपछि विवाद भएको स्थानीय सहादत राईले जानकारी दिए ।

सो गाउँपालिकामा वडा ३,४ र ५ को मतगणना सम्पन्न भइसकेको छ । यी वडाहरुमा नेपाली कांग्रेसका वडाका उम्मेदवारहरु विजयी भएका छन् भने गाउँपालिका अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments