Incident Reports

दैलेखको मतगणना स्थलमा तनाव : प्रहरीको लाठी चार्जबाट पत्रकार र सर्वसाधारण घाइते

2022-05-16

Karnali, Dailekh, Narayan

दैलेख : जिल्ला सदरमुकामको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन्। जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालय अगाडि युवाहरुको दुई समुहबीच भएको आपसी विवाद साम्य पार्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गरेको हो। युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेको सर्वसाधारण र मुख्य निर्वाचन कार्यालयमा मत परिणामको समाचार संकलनका लागि गएका पत्रकारमाथि लाठी चार्ज गरेको हो। लाठी चार्जबाट दुई पत्रकारसहित नारायण नगरपालिका–७ की डिलमाया शाहीलगायत सर्वसाधरण घाइते भएका छन्। लाठी चार्जबाट नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटा र रेडियो नेपालमा कार्यरत भीमबहादुर सिजापती घाइते छन्। घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। यता युवाहरुको ढुंगा प्रहारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 5
Female Injured 1
National/Online Media

0 Comments