Incident Reports

खसेको मत भन्दा बढी मत भेटिएको निहुँमा झडप, गाउँपालिकाको भवनमा तोडफोड – इन्सेक

2022-05-17

Madhes, Siraha, Laxmipur Patari, Ward 4

लक्ष्मीपुर पत्तारी गाउँपालिकामा मतगनणा गर्ने क्रममा खसेको मत भन्दा बढी मत भेटिएको निहुँमा उमेदवार तथा उमेदवारका समर्थक र प्रहरीबिच जेठ ३ गते झडप भएको छ । गाउँपलिका–४ मा कुल सदर मत भन्दा मतपेटिकामा ८ सय २३ बढी मत भेटिएपछि कांग्रेसबाहेकका उम्मेदवार र समर्थकहरू विरोधमा उत्रिएका थिए । गाउँपालिकाका निर्वाचन अधिकृत देवीप्रसाद सुवेदीका अनुसार ३ हजार २ सय १५ कुल मतदाता रहेको यस वडामा २ हजार ३ सय ९२ मत खसेको थियो । तर, मतगणना गर्दै जाँदा ३ हजार १ सय ६३ सदर मत र ५२ बदर मत भेटिएको सुवेदीले बताउनु भयो । बढी मत नभएर इन्ट्री गर्दा त्रुटी भएको हुन सक्छ, हामी छानवीन गर्दैछौँ र प्रमुख जिल्ला अधिकारी सहित सर्वदलीय बैठक बसिरहेको उहाँले जानकारी दिनु भयो । सर्वदलीय बैठकको निर्णय बमोजिम अगाडि बढ्ने सुवेदीले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले मत बढेको विषयमा विवाद उत्पन्न हुँदा दलका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्न थालेको र ढुङ्गामुढाबाट गाउँपालिकाको भवनका सिसा र स १ झ ५०६ नम्बरको जिपमा क्षति पुगेको छ । स्थिति नियन्त्रण गर्न सात सेल अश्रुग्याँस प्रहार गरेको उहाँले बताउनु भयो । लाठीचार्ज र ढुङ्गामुढाबाट केही प्रहरी र प्रदर्शनकारीलाई सामान्य चोटपटक लागेको डिएसपी बुढाथोकीले बताउनु भयो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC

0 Comments