Incident Reports

गलत परिणाम सुनाएपछि रौतहटको ईशनाथमा मतगणना रोकियो, दलका प्रतिनिधिले लगाए ताला

2022-05-18

Madhes, Rautahat, Ishanath, Ward 3

रौतहट — निर्वाचन अधिकृतको कार्यालयले परिणाम सार्वजनिक गर्दा त्रुटि देखिएपछि भएको बिवादका कारण रौतहटको ईशनाथ नगरपालिकामा गएरातिबाटै मतगणना रोकिएको छ । अहिले ठुलो सख्यामा मतगणना स्थलमा स्थानीयबासी भेला भएका छन् । विवाद बढेपछि नेकपा (एकीकृत समाजबादी), नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिले मतगणना स्थलको कोठामा ताला लगाएका छन् । मतदान अधिकृतको कार्यालय इशनाथले मंगलबार राति वडा नं. ३ को मतगणना सकिएपछि मतपरिणाम सुनाउने क्रममा त्रुटि गरेपछि दलका कार्यकर्ताले बिरोध गरेका हुन् । त्यसपछि मतगणना रोकिएको हो । सो वडामा लोसपाका वडाअध्यक्ष रामचन्द्र राउत सहितको प्यानलले जितेको दाबी गरिएको छ । उक्त वडाको दलित महिला सदस्यमा बिजयी भएको एउटा, तर नाम अर्कोको सुनाइएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

अहिले मतगणनास्थल बाहिर ठुलो सख्यामा स्थानीय भेला भएर होहल्ला गरिरहेका छन् । निर्वाचन अधिकृत कृष्णबहादुर उप्रेतीले मतपरिणाम सार्वजनिक गर्ने क्रममा दलित महिला सदस्यको हकमा प्राविधिक त्रुटि भएको स्वीकार गरे । वडा नं. ३ को दलित महिला सदस्य पदकी लोसपाका उम्मेदबार कौशल्या देबी र नेकपा एमालेका गायत्री देबीको मतपरिणाम लेखाइमा त्रुटि गरे पछि बिबाद बढेको अधिकृत उप्रेतीले बताए । ‘कम्प्यूटरमा अपडेट गर्ने साथीले त्रुटि गरेछन् । यसलाई सच्याउने प्रयास गरेका छौँ,’ उनले भने, ‘समस्या समाधान गर्न सर्वदलीय बैठक बस्न भनेका हौँ । तर सहमति हुन सकेको छैन ।’ बिबाद बढेपछि निर्वाचन अधिृकत उप्रेतीले तत्कालै निर्वाचन आयोगको कार्यालय काठमाडौँलाई जानकारी गराएका थिए । बिबाद मिलाउन जिल्लाबाट प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही लगायतका सुरक्षा अधिकारीको टोली ईशनाथ पुगेका छन् । तर, अहिलेसम्म बिबाद साम्य हुन सकेको छैन । लोसपाले तत्कालै मतगणना सुचारु राख्न माग गरेको छ । यहाँ लोसपाका नगर प्रमुख पदका उम्मेदबार कौशल्या देबीले अग्रता लिएकी छन् । बिबाद बढ्दै गएपछि ठुलो सख्यामा मतगणनास्थलमा स्थानीय भेला भएका छन् । उनीहरुले मतगणना सुचारु राख्न माग गर्दै नाराबाजी गरिरहेका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org , CPN (Communist Party of Nepal) - Unified Socialist , Lokatantrik Samajwadi Party (LoSaPa)
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments