Incident Reports

एमालेको विजय उत्सवमा बाजा बजाउन पुगेकामाथि 'कांग्रेसलाई मत दिएको भन्दै कुटपिट'

2022-05-19

Gandaki, Syangja, Biruwa, Ward 8

पोखरा : स्याङ्जाको विरुवा गाउँपालिकाका नवनिर्वाचित अध्यक्षको घरमा बाजा बजाउन गएका दुई जनामाथि कुटपिट भएको छ। नेकपा (एमाले)बाट नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर कुँवरको वडा नम्बर ८ स्थित घरमा मंगलवार साँझ बाजा बजाउन गएका ढलबहादुर परियार, अम्बर बहादुर परियार र तारा बहादुर परियारमाथि 'कांग्रेसलाई मत दिएको भन्दै' कुटपिट भएको पीडितले बताएका छन्। अध्यक्षको घरमा भएको भोज कार्यक्रममा बाजा बजाउन बोलाएपछि ढलबहादुर र तारा पुगेका थिए। सोही समयमा एमालेका कार्यकर्ता नसिब मिया र सोनु गुरुङले ‘भोट नदिएको’ भन्दै कुटपिट गरेको पीडितको आरोप छ। कुटपिटमा परेका ढलबहादुरका अनुसार कांग्रेसका भन्दै उनीहरुमाथि कुटपिट भएको हो। ‘सूर्य सरको कार्यक्रममा निम्तो आयो, आएपछि जानैपर्‍यो। पहिला मेरो भाइलाई कुटे, नाकबाट रगत आइन्जेल’, उनले भने, ‘हामी कांग्रेसमा प्रवेश गरेको मान्छे परियो। कांग्रेसलाई भोट दिएका, एमालेले दिएको बाजा किन बजाएको भनेर झगडा गरे दुई जनाले।’ कांग्रेसलाई मत दिएको भन्दै आफूमाथि कुटपिट भएको आरोप पीडितले लगाए पनि नवनिर्वाचित अध्यक्ष कुँवर भने सामान्य झगडा मात्र भएको बताउँछन्। ‘बेलुका थोरै खाने बस्ने थियो। त्यहीमा सामान्य भएको हो। मिलापत्र गरेर पनि पठाएको हो। पारिश्रमिक दिएर गाडीमा नै छोड्न पठाइयो। दुवै पक्ष अलिकति नशामा थिए,’ उनले भने। उनका अनुसार दुवै पक्ष नशामा नाचेको समयमा छोइदा झगडा सुरु भएको हो। ‘नाच्दा टच भएर त्यस्तो भएको हो। त्यस्तो त्यहाँ चर्चा भएन, कसैले त्यहाँ इंगित गरेर भने त खै! सोनु भन्नेले गल्ती गरेँ भनेर माफ पनि मागेर दुवै पक्ष हिँडेका हुन्,’ उनले भने। कुटपिटमा परी तारा र अम्बर बहादुरको मुखमा चोट लागेको छ। घटनाबारे उजुरी दिन उनीहरु जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुग्दैछन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Election-related incident
Secondary Cause Contestation regarding the outcome of election
Actor 1 - Number of people 2
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media

0 Comments