Incident Reports

कुटपिट गर्ने पतिविरुद्ध प्रहरीमा उजुरी l

2014-08-27

Lumbini, Rukum East, Banfikot

Adarsha KC बाफिकोट गाविस-९ की २३ वर्षीया कमला ओलीले पति २६ लोकबहादुर ओलीले रक्सीखाइ खानलाउन, घरमा बस्न नदिएको र सधै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय रुकुममा भदौ ११ गते उजुरी दिएकी छिन् । छोराछोरीलाई समेत आरोपितले कुटपिट गर्ने गरेको निवेदनमा पीडितले उल्लेख गरिएको छिन् । विवाह भएको सातवर्षभएको र चारवर्षदेखि नै निरन्तर पतिले दुःख दिएको उनले बताइन् । घरमा सधै कुटपिट गर्न थालेपछि तीन महिनादेखि पीडित माइतीमा बस्दै आएकी छन् । आरोपितलाई गिरफ्तार गर्न प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालय रुकुमका इन्स्पेक्टर शिवराज खत्रीले बताए । आदर्श केसी

0 Comments

Related Reports
Related Trend Analysis