Incident Reports

महँगीको विरोधमा धनकुटामा प्रदर्शन

2022-05-25

धनकुटा — सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु र युवा संघ नेपालले बुधबार धनकुटामा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । सरकारले सातामा दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिका कारण सर्वसाधारणलाई सास्ती भएकोले तत्काल मूल्य घटाउनु पर्ने उनीहरुले माग गरेका छन् । विरोध र्‍यालीले धनकुटा बजारका विभिन्न स्थान परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको अनेरास्ववियुका जिल्ला अध्यक्ष वसन्त राईले बताए । प्रमुख जिल्ला अधिकारी युवराज कटेलले प्राप्त ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने बताए । र्‍यालीपछि आयोजित कोणसभामा युवा संघका जिल्ला अध्यक्ष प्रवीण पोखरेल, अनेरास्ववियुका जिल्ला अध्यक्ष राई, धनकुटा क्याम्पस इकाई अध्यक्ष बालकृष्ण बस्नेतलगायतले मूल्यवृद्धि घटाउन र नागरिकप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएका थिए । जनताको ढाड सेक्ने गरी गरिएको ज्यादतीपूर्ण कार्यप्रति सरकारको ध्यानाकर्षण नभए सशक्त आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments