Incident Reports

हत्या आरोपमा नाबालिकालाई यातना

2022-05-22

Madhes, Bara, Jitpur Simara, Ward 6

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ। वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन्। थुनामा राखिएकी छोरीले घटनाबारे सत्यतथ्य बताउँदा पनि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत नायब प्रहरी निरीक्षक सागर राणालगायत प्रहरीले निर्घात कुटपिट गरेर आफूअनुसारको बयान लिन खोजेको उनले बताइन्। ‘वैशाख २९गते राति २ बजेतिर छोरी निरुता सुतेको कोठामा राकेशभक्त पुगेर छाती समाउन खोजेपछि छोरीले प्रतिवाद गरिन्,’ निरुताकी आमा दुर्गादेवीले घटना विवरण सुनाइन्, ‘त्यसक्रममा राकेशले लगाएको घडी कोठामै खस्यो।’ हातमा बियरको बोतलसहित कोठामा छिरेका राकेशले जबरजस्ती करणी गर्न खोजेपछि बाध्य भएर छोरीले बियरको बोतल खोसेर टाउकोमा हान्दा उनी घाइते भए। दुई तलामाथिको कोठाबाट निस्केर भाग्न खोज्दा राकेश गेटमा ठोक्किएर अचेत भएर लडेको दुर्गादेवीले बताइन्।

उनी लडेको देखेर दुर्गादेवीका पति चित्रबहादुर क्षेत्री, उद्धव अधिकारी, खगेन्द्र खटपाललगायतले एम्बुलेन्समा राखेर उपचारका लागि सिमराको अल्पाइन अस्पताल हुँदै वीरगन्जको बयोधा अस्ताल लगेको दुर्गादेवीले सुनाइन्। उनका पति चित्रबहादुर माओवादीबाट वडा सदस्यमा चुनाव लडेका र वैशाख २९ गते राति चुनावबारे कुरा गर्न घरमा पार्टीका अन्य कार्यकर्ता तथा नेता जम्मा भएका थिए। घरमा आएका नेता तथा कार्यकर्तालाई नास्ता गराउँदा छिमेकीसमेत रहेका राकेशलाई पनि चिउरा र मासु खुवाएको उनले बताइन्। चिउरा र मासुसँगै बियर खाएर उनी राति १२ बजेतिर आफ्नो घर गएका थिए। राकेश घर गएपछि पुनः राति १ः३० बजेतिर घरमा बियर माग्न आएपछि फेरि बियरको बोतल दिएको दुर्गाले सुनाइन्। घरमा आएकालाई छतमा सुत्ने व्यवस्था भए पनि राकेश कुर्सीमै सुतेका थिए। केही समयपछि २ बजेको हाराहारीमा राकेश बियरको बोतल हातमा लिएर छोरी सुतेको कोठामा पुग्दा यो घटना हुन पुगेको उनले बताइन्। घटनाबारे यथार्थ कुरा जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलीबाट खटेका सागर राणा र इलाका प्रहरी कार्यालय सिमरालाई बताउँदासमेत छोरीलाई कुटपिट गुर्नका साथै परिवारका अन्य सदस्यलाई पनि कहिले थुनामा राख्ने त कहिले छोड्ने गरेर शारीरिक र मानसिक यातना दिने गरेको उनले सुनाइन्। इलाका प्रहरी कार्यालय सिमरामा भेटिएकी निरुताकी आमा दुर्गादेवीले सत्य कुरा कसैले नपत्याएको बताइन्। थुनामा सोधपुछका नाममा सागर राणाले ‘राकेशसँग तेरो लसपस थियो र त सुतिस् होला भन्, तैंले मात्र राकेशलाई मार्न सक्दिनस्’ भन्दै छोरीलाई कुटपिट गरेको दुर्गादेवीको आरोप छ।

आफूलाई पनि प्रहरीले छोरीसँगै एक दिन थुनामा राखेको उनले बताइन्। त्यसैबेला प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको र निलडाम परेको आफूले देखेको उनले बताइन्। प्रहरीको कुटाइबाट छोरीको खुट्टा फुलेको देखेपछि आफूले भित्रै तेल मगाएर मालिससमेत गरिदिएको दुर्गादेवीले सुनाइन्। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले राकेशभक्तको हत्याबारे अनुसन्धान भइरहेकाले केही भन्न नसकिने बताएका छन्। थुनामा निरुतालाई कुटपिट गरेको आरोप परिवारले लगाइरहेका छन् त? भन्ने प्रश्नमा तिमिल्सिनाले यसबारे आफूलाई थाहा नभएको बताए। राकेशभक्तका दाइ राजेशभक्त पौडेलले सन्तोष खत्रीले भाइलाई चित्रको घरमा बोलाएर छतमाथि लगेर रक्सी खुवाई हत्या गरेको आरोप लगाएका छन्। हत्यारालाई लुकाउन नाबालिकालाई अघि सारिएको राजेशभक्तको दाबी छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports