Incident Reports

मूल्यवृद्धिविरुद्ध हेटौंडामा सिठ्ठी जुलुस

2022-05-27

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्याँस लगायतमा भएको मूल्यवृद्धिको विरोधमा मकवानपुरको हेटौंडामा सिठ्ठी जुलुस निकालिएको छ ।

सरकारले निरन्तर मूल्यवृद्धि गरेको भन्दै एमाले निकट अनेरास्ववियु मकवानपुरले हेटौंडा बजारमा सिठ्ठी जुलुस निकालेका हुन्। अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा चरणवद्ध आन्दोलनमा आज सिठ्ठी जुलुस प्रर्दशन गरेको हो ।

मकवानपुर क्याम्पस,हेटौंडा क्याम्पसबाट निस्केको विद्यार्थीको सिठ्ठी जुलुस बजारको परिक्रमा गर्दै बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments