Incident Reports

सहिद सेतु विकको शालिक तोडफोड

2022-06-02

Lumbini, Banke, Nepalgunj

नेपालगन्ज : बाँकेमा जनआन्दोलनकी सहीद सेतु विकको शालिक तोडफोड गरिएको छ। राष्ट्रवादी युवा समूहको नाममा नेपालगन्जको धम्बोझी (साविक वीरेन्द्र) चोकमा बिहीबार बिहान राजा वीरेन्द्रको अर्धकदको शालिक राखेको थियो। लगत्तै प्रहरीले शालिक हटाएपछि युवा समूह र प्रहरीबीच धम्बोझी चोक तनावग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार घटनामा नेपाल प्रहरीका ७ र सशस्त्र प्रहरी र सर्वसाधारण गरी ९ जना घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको थियो। वीरेन्द्रको शालिक हटाएपछि सोही समूहले न्यूरोडमा रहेको सहीद सेतु विकको शालिक तोडफोड गरेको थियो। प्रहरीले तोडफोडमा संलग्न रहेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। यसैबीच नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले घटनास्थलमा पुगेर नेपालगन्जको सामाजिक सद्भावमा खलल नपुर्याउन आग्रह गरेका थिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments