Incident Reports

युवकको हत्या अभियोगमा चार जना पक्राउ

2022-06-02

Bagmati, Nuwakot, Bidur, Ward 9

नुवाकोट : नुवाकोटको सदरमुकामसंगै जोडिएको खड्काथोकमा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले चार जना युवकलाई पक्राउ गरेको छ। विदुर नगरपालिका-९ खड्काथोकका २५ वर्षिय कुमार शिवभक्तिको हत्या अभियोगमा प्रहरीले एक जना धादिङका युवकसहित चार जनालाई पक्राउ गरेको छ। मृतकको शव यहि जेठ १४ गते शंकास्पद अवस्थामा फेला परेपछि उनका भाई श्रीकृष्ण शिवभक्तिले दिएको किटानी उजुरी र अनुसन्धानका आधारमा चार जना युवकलाई पक्राउ गरेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। युवक हत्याको अभियोगमा प्रहरीले धादिङको खनियावासका २४ वर्षिय सुनील तामाङ, नुवाकोटको विदुर नपा ९ का २० वर्षिय सन्दीप तामाङ, २५ वर्षिय विशाल तामाङ र २४ वर्षिय सरोज लामालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए। घटनाको विशेष रुपमा अनुसन्धान गर्ने र दोषीलाई कारवाही गर्ने सहमतिपछि विहीवार मृतकका आफन्त तथा परिवारजनले शव वुझ्र अन्तिम संस्कार गरेका छन्। मादक पदार्थ सेवन तथा अशिक्षाका कारण हत्या, हिंशाका घटना हुने गरेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports