Incident Reports

पतिद्वारा बञ्चरो प्रहार गरी पत्नीको हत्या l

2014-08-29

Gandaki, Baglung, Nisikhola

Sirjana Pant बागलुङ । ०७१ भदौं १५ गते बोवाङ गाविस-८ की ३३ वर्षीया निमु विकलाई पति ४४ वर्षीया छविलाल विकले भदौ १२ गते राति बञ्चरो प्रहार गरी हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेर घरमा आएका छविलालले घरायसी विवादका क्रममा पत्नी निमूमाथि एक्कासी बञ्चरो प्रहार गरेकोमा उनको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयवासीबाट प्राप्त सुचनाका आधारमा घटनास्थलमा पुगेको ढोरपाटन प्रहरी चौकीको टोलीले हत्याका आरोपित पति छविलाललाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले घटनास्थलबाट पत्नीको हत्यामा प्रयोग भएको बञ्चरो समेत बरामद गरेको जनाएको छ । सिर्जना पन्त

0 Comments

Related Reports
Related Trend Analysis