Incident Reports

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

2022-05-17

Lumbini, Dang, Gadhawa, Ward 5

१४ वर्षीया बालिकालाई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका–५ का ३१ वर्षीय विष्णु यादवलाई जिल्ला प्रहरी कार्यालय दाङले जेठ २५ गते गिरफ्तार गरेको छ । पीठिडतलाई आरोपितले विवाहको प्रलोभन देखाएर जेठ ३ गते भारतको पानीपथ हरियाणा  लगेर जेठ १४ गतेसम्म कोठामा बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । पीडित पक्षले बालिका बेचविखनमा परेको भन्दै जेठ ७ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि प्रहरीको विशेष टोलीले भारतको पानीपथबाट उद्धार गरेर जेठ २५ गते दाङ ल्याएको इन्स्पेक्टर रञ्जु केसीले बताउनु भयो । घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर केसीले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments