Incident Reports

बलात्कार प्रयासको आरोपमा उजुरी l

2014-09-01

Karnali, Mugu, Chhayanath Rara

Jeevan Sejuwal मुगु । ०७१ भदौ १६ गते श्रीनगर गाविस-४ का ४६ वर्षीय कलबहादुर मल्लले ३४ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय मुगुमा भदौ १६ गते उजुरी दर्ता गराएकी छन् । भदौ १२ गते घरमा एक्लै बसिरहेका अवस्थामा घरभित्र पसी आरोपितले बलात्कार प्रयास गरेको पीडितको भनाइ छ । छिमेकीको सहयोगमा आफू बच्न सफल भएको उनले बताइन् । आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका इन्स्पेक्टर मित्रबहादुर आचार्यले बताए । जीवन सेजुवाल

0 Comments

Related Reports
Related Trend Analysis