Incident Reports

धादिङमा एक युवामाथि आक्रमण, मेयरका अंगरक्षक मुछिए

2022-06-10

Bagmati, Dhading, Nilakantha, Ward 5

धादिङमा एक युवामाथि आक्रमण भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ५ स्थित फ्याक्सेका हरि श्रेष्ठमाथि शुक्रबार दिउँसो आक्रमण भएको हो । श्रेष्ठले आफूमाथि नवनिर्वाचित मेयर भीम ढुंगानाका अंगरक्षक दिनेश थापा मगरले व्यस्त बजारमै आक्रमण गरेको आरोप लगाएका छन् । धारिलो हतियार प्रहारबाट घाइते भएका श्रेष्ठको धादिङ अस्पतालमा उपचार भइरहेको छ । पुरानो रिसिइबि साँध्न ढुंगानाको अंगरक्षकले आफूमाथि आक्रमण गरेको श्रेष्ठले आरोप लगाए । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका दिन फ्याक्सेमा ढुंगानामाथि स्थानीय केही युवाले हातपात गरेको र त्यसको बदलामा ढुंगानाकै इसारामा आफूमाथि आक्रमण भएको श्रेष्ठले बताए । यसबारेमा प्रतिक्रिया लिन ढुंगानालाई सम्पर्क गर्दा भने सम्पर्क हुन सकेन । जिल्ला प्रहरी कार्यालय धादिङले घटना भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports