Incident Reports

९५ वर्षीया महिलामाथि कुटपिट गरी लुटपाट

2022-06-13

Bagmati, Dolakha, Baiteshwor, Ward 5

दोलखा — दोलखाको बैत्यश्वर गाउँपालिका–७ माझीबस्तीमा बस्दै आएकी एक वृद्धामाथि कुटपिट गरी लुटपाट भएको छ । बस्तीकी ९५ वर्षीया असुली तामाङमाथि कुटपिट गरेर लुटपाट भएको हो । सोमबार मध्याह्न २ जना अज्ञात व्यक्तिले घरको पिँढीमा बसिरहेकी तामाङलाई कुटपिट गरेर उनले लगाएका सुनका गहना लुटपाट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कानमा लगाएका गहना लुटेराहरूले जबर्जस्ती तान्ने क्रममा वृद्धाका कानका लोती चुँडिएको पीडित वृद्धाले बताएकी छन् । यस्तै तामाङले गलामा लगाएको तिलहरी समेत ती व्यक्तिले लुटेका छन् । लुटपाट भएको देखेपछि तामाङकी नातिनीले हारगुहार गरेपछि लुटेराहरु भागेका थिए । लुटेराले तामाङले कान र गलामा लगाएको करिब २ तोला सुनका गहना लुटिएको प्रहरीले बताएको छ । लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments