Incident Reports

बालिका बलात्कार प्रयासका आरोपित पुनः थुनामा l

2014-08-29

Manohar Kumar Pokhrel एक १२ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सितापुर गाविस-१ चाँदनी चोकका ३३ वर्षीय नागेन्द्रप्रसाद चौधरीलाई सर्वोच्च अदालतले भदौ १३ गते थुनामा पठाएको छ । पुनरावेदन अदालत राजविराजको आदेश बदर गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र देवेन्द्र श्रेष्ठको संयुक्त इजलाशले आरोपितलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्ने आदेश दिएको पीडितका बुवाले इन्सेक सप्तरीलाई जानकारी दिएका छन् । पुनरावेदन अदालतका न्यायाधीशद्वय बलराम विष्ट र मोहन कार्कीको संयुक्त इजलाशले सप्तरी जिल्ला अदालतको आदेश उल्ट्याउँदै ०७० माघ २४ गते आरोपितलाई साधारण तारेखमा रिहा गरेको थियो । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलले ०७० मंसिर २७ गते आरोपितलाई पुर्पक्षका लागि कारागारमा थुनामा राख्ने आदेश गरेकोमा पुनरावेदन अदालतले साधारण तारेखमा छाडेपछि जिल्ला सरकारी वकिलको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । आरोपितले कोही नभएको मौका पारी घरसँगै रहेको पसलको ढोका फोडेर ०७० साउन १० गते राति बलात्कारको प्रयास गरेका थिए । पीडित पक्षले ०७० साउन १२ गते दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनपुरले ०७० साउन १५ गते दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ०७० साउन १६ गते भएको थियो । पुनरावेदन अदालतको आदेशले ०७० माघ २४ गते साधारण तारेखमा रिहा भएका आरोपित सर्वोच्च अदालतको आदेशपछि फरार छन् । मनोहरकुमार पोखरेल

0 Comments