Incident Reports

आफ्नै बहिनीले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भइन् लक्ष्मी

2022-06-16

Province 1, Morang, Pathari Shanishchare

विराटनगर- मोरङकाे पथरीशनिश्चरे नगरपालिकामा आफ्नै दिदीमाथि बहिनीले खुकुरी प्रहार गरेकी छन्। बिहीबार राति २९ वर्षीया सुमित्रा राईले ४० वर्षीया लक्ष्मी राईमाथि खुकुरी प्रहार गरेकी हुन्। खुकुरी प्रहारबाट लक्ष्मी गम्भीर घाइते भएकी लक्ष्मीकाे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए। खुकुरी प्रहारपछि लक्ष्मीको घाँटीमा चोट लागेको छ। घरायसी विवादका कारण बहिनीले दिदीमाथि खुकुरी प्रहार गरेकाे गाैतमले बताए। वृद्धअवस्थाका बाबुआमाको स्याहार गरेर दिदी-बहिनी पथरीशनिश्चरे नगरपालिका-१ पानीट्यांकीस्थित माइतीघरमा बस्दै आएका थिए। प्रहरीले खुकुरीसहित पक्राउ परेकी सुमित्राविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने भएको छ। पारिवारिक अवस्था कमजोर भएकाले लक्ष्मी राईकाे उपचारमा समस्या देखिएको बताइएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments

Related Reports