Incident Reports

छिमेकीको कुटाइबाट मृत्यु

2022-06-17

Madhes, Parsa, Birgunj, Ward 2

३ असार, वीरगञ्ज । पर्साको पकहाँमैनपुर गाउँपालिकामा छिमेकीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । पकाहामैनपुर–१ धोरे बस्ने ६५ वर्षीय दशैं महराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार अनुसार गएराति ११:२० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो । केही दिन अघि महेश रामको घरमा एक पुरूष पसेको विषयमा दुवै घरका महिला सदस्यबीच विवाद भएको थियो । त्यसैमा दशैं र महेश पनि मिसिन पुगेका थिए । विवादले उग्र रुप लिएपछि महेश रामले दशैंको टाउकोमा लाठीले हानेका थिए । लाठी प्रहारबाट बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो । उपचारको क्रममा दशैं महराको गएराति १ बजे मृत्यु भएको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पर्साकै छिपरमाई गाउँपालिका २ टिहुकी बस्ने ३२ वर्षीय अर्जुन राम, महेश रामको श्रीमति ५२ वर्षीया रम्बा देबीलाई पक्राउ गरेको हो । कुटपिट गर्ने महेश राम फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports