Incident Reports

प्रहरीद्वारा पत्रकार कुटिए l

2014-09-02

Madhes, Parsa, Pokhariya

Laxmi Sah Sonar बारा । ०७१ भदौ १७ गते इलाका प्रहरी कार्यालय जितपुरका सई अरुण कुसवाहाले गढीमाई नगरपालिका-७ निवासी २४ वर्षीय पत्रकार मोहित चौधरीलाई भदौ १७ गते इलाका प्रहरी कार्यालयको प्राङ्गणमा दुर्व्यवहार गर्दै कुटपिट गरेका छन् । शिव शक्ति घ्यू उद्योगको प्रदुषण फैलिएको विषयमा उद्योग र स्थानीय बासिन्दाबीच भइरहेको छलफलको समाचार संकलन गर्न पुगेका पत्रकार चौधरी कुटिएका हुन् । उनको पिठ्यु, घाँटी, र कन्चटमा चोट लागेको छ । वीरगंजबाट प्रकाशित सत्यसन्देश दैनिकमा आवद्ध पत्रकार चौधरीले सोही दिन कलैया अस्पतालमा घाउ जाँच गराई जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् । उता कुटपिट गर्ने सई कुसवाहाले पत्रकारले आफूसित नराम्रो व्यवहार गर्दे आएकाले समान्य कुटपिट गरेको बताए । घटनाको भर्त्सना गर्दै नेपाल पत्रकार महासंघले दोषी उपर कारबाही गर्नुपर्ने माग गरेको छ । लक्ष्मीसाह सोनार

0 Comments