Incident Reports

बुढानीलकण्ठमा निर्माणाधीन घरभित्र महिलाको शव फेला, हत्या आशंकामा सुरक्षा गार्ड प्रहरी नियन्त्रणमा

2022-06-22

Bagmati, Kathmandu, Budhanilakantha, Ward 8

काठमाडौंः काठमाडौंको बुढानीलकण्ठमा एक महिलाको शव फेला परेको छ। हत्याको आशशंकमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ। बढानीलकण्ठ नगरपालिका ८ भंगालमा ४० वर्षीय फूलमाया सुनारको शव फेला परेको हो। हत्याको आशंकामा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो महिलाको शव भेटिएको हो। निर्माणाधीन घरको भुँइ तल्लामा शव भेटिएको हो। निर्माणाधीन घरभित्र महिलाको शव भेटिएको थियो। प्रहरीले निर्माण घर सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घटना भएको समयमा उनी निर्माणाधीन घरको माथिल्लो तल्लामा थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments

Related Reports