Incident Reports

सिरहामा गोली प्रहार गरी हत्या प्रयास, दुई जना पक्राउ

2022-06-26

Madhes, Siraha, Lahan, Ward 22

काठमाडौं– सिरहाको लहान नगरपालिका–२२ मा गोली प्रहार गरी हत्या प्रयास भएको छ। लहान बेली जटियाही बस्ने १८ वर्षीय दिलिप कुमार मुखियालाई गोली हानी गम्भीर घाइते बनाइएको छ। हत्या प्रयासको अभियोगमा सोही नगरपालिका–२२ बेली जटियाही बस्ने १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय किशोरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनीहरू तीन जनासँगै बसिरहेको अवस्थामा सुशान्तले दिलीपलाई गोली हानी घाइते बनाएको प्रहरीले जनाएको छ। घाइते दिलीपलाई प्रादेशिक अस्पताल लहान हुँदै थप उपचारको लागि धरान घोपा रेफर गरिएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले सुशान्त चौधरीको साथबाट १ थान पेस्तोल, ५ राउण्ड गोली, १ थान म्याग्जिन र १ थान फायर भएको खोका बरामद गरेको छ। साथै उनको घर नजिकैको बाँसघारीबाट १ थान कटुवा पेस्तोल, कटुवा पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र पेस्तोलमा लाग्ने ४ राउण्ड गोली फेला पारी बरामद गरेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports