Incident Reports

प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई शिक्षक पक्राउ

2022-06-03

Gandaki, Gorkha, Siranchok

१९ असार, गोरखा । मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका-४ जैसिथोकका रामशरण पोखरेल र रामेश्वर पोखरेल रहेका छन् । नाताले उनीहरु सहदर दाजुभाई हुन् ।

मापसे गरी मोटरसाइकलमा घर जादै गर्दा लडेपछि सहयोग गर्न पुगेको प्रहरीमाथि उनीहरुले कुटपिट गरेका हुन् ।

‘शनिवार साँझ रक्सी खाएर दाजुभाई मोटरसाइकलमा घर फर्किदै गर्दा चोरकाटे नजिकै लडेछन्,’ प्रहरी कार्यालय भन्छ, ‘जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट चोरकाटेबाट हाम्रो टोलि त्यहाँ पुगेर सहयोग गर्न खोज्दा उल्टो ढुङ्गाले हानेछन् ।’ ढुङ्गा प्रहारबाट प्रहरी जवान अनन्त बहादुर रोका सक्त घाइते भएका छन् ।

गोरखा अस्पतालमा सामान्य उपचार पश्चात उनको चितवन मेडिकल कलेजमा थप उपचार भइरहेको छ । उनको टाउको र अनुहारमा चोट लागेको छ । अर्का घाइते प्रहरी हवल्दार अर्जुन बहादुर सेनको अवस्था भने सामान्य छ ।

पक्राउ परेका दुई दाजुभाई बिरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य मावि बिरेन्चोकका शिक्षक हुन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports