Incident Reports

हेटौंडा बजारमा सरकार विरुद्ध राँके जुलुस प्रदर्शन

2022-07-01

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । राप्रपा मकवानपुरले शुक्रबार साँझ हेटौंडा बजारमा सरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ ।

बेरोजगारी, मंहगी, भ्रष्टाचार एवम् मुल्यवृद्धी विरुद्धको आन्दोलन तथा दवाबमुलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार, प्रधानमन्न्री तथा मन्त्रिपरिषद्को कार्यलयलाई ज्ञापन-पत्र बुझाइ सके पश्चात राप्रपाले राखेको २२ बुंदे माग कार्यन्यवन तर्फ र हेटौंडा उपमहानगरपालिका समक्ष प्रस्तुत गरेको ६ बुँदे माग सम्बोधनमा सरकार उदासिन रहेकोले दोश्रो चरणको कार्यक्रम अन्तर्गत आज हेटौंडामा राँके जुलुस गरिएको राप्रपा मकवानपुरका प्रवक्ता आयुष डोटेलले बताए । हेटौंडा-५ स्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुस सानोपोखरा,कान्तिराजपथ हुँदै बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।

क्रियशन मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments