Incident Reports

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन पक्राउ

2022-07-06

Madhes, Parsa, Birgunj

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले मानव बेचबिखनमा संलग्न ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भई टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले एक महिलालाई कुवेतमा आकर्षक तलब हुने प्रलोभन देखाएर तीन जना मिलेर भारतको नयाँ दिल्ली हुँदै कुवेतमा बिक्री गरेकाले पक्राउ गरिएको जानकारी दिए । “पक्राउ दौलतले पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर ललितपुरमा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ रेवतीले ती महिलालाई भारतमा डान्सको काम लगाइदिने प्रलोभन देखाएर वीरगञ्जबाट भारतको रक्सौल पुर्याएर डान्समा काम गर्न लगाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा माइती नेपालले नेपाल फिर्ता ल्याएको ब्यूरोले जनाएको छ ।


National/Online Media

0 Comments