2022-07-07
Sudurpashchim, Bajura, Budhiganga
बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकाको त्रिशक्ति मावि मतदानस्थलमा झडप भएपछि मतदान रोकिएको छ । फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो झडप भएको छ ।
एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए । अहिले मतदानस्थल सुरक्षाकर्मीको नियन्त्रणमै रहेको उनले बताए । मतदान पुन: सुरु गर्न प्रयास भइरहेको उनको भनाइ छ ।
मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका गरी एक सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि उनीहरुको भूमिका भने प्रभावकारी नभएको भन्दै स्थानीय मतदाताले गुनासो गरेका छन् ।
यसअघि वैशाख ३० गतेको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरेको थियो ।
बुढीगंगाको मेयरमा एमालेबाट रामबहादुर बाँनिया उम्मेदवार छन् भने कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Collective |
Primary Form | Group Clash |
Weapons | Other |
Primary Cause | Election-related incident |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Communist Party of Nepal) - Unified Socialist |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation | UML and affiliated org |
Actor 2 - Youth | unknown |
Total Injured | 2 |