Incident Reports

विद्यार्थी कुटेको आरोपमा प्रिन्सिपल पक्राउ

2022-07-07

Gandaki, Baglung, Dhorpatan, Ward 1

बागलुङ — विद्यार्थी कुटेर घाइते बनाउने प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ । ढोरपाटन नगरपालिका वडा नं १ स्थित न्यू मोर्डन एकेडेमीको कक्षा ९ मा पढ्ने हिक्मत विकलाई कुटेर घाइते बनाउने प्रिन्सिपल दिपक कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार प्रिन्सिपलको कुटाइबाट तमानखोला २ भएरबोङकाका १५ वर्षीय विक घाइते भएका थिए । घाइते विद्यार्थीको पोखराको अस्पतालमा लगेर उपचार गरिएको थियो । टाउकोमा लौरीले हान्दा विक बेहोस भएका थिए । उनको शरीरमा निलडामसमेत देखिएको पीडित परिवारले बताएका छन् । विककी आमा मन्सराले छवरालाई उपचारपछि पनि अप्ठ्यारो भइरहेको बताइन् ।

कुँवरले निर्घात कुटेपछि कक्षा कोठामा चकचक गरेकोले सम्झाएको प्रतिक्रिया दिएका थिए । कक्षामा सेनिटाइजरको बोतल खेलाउँदा पढाइरहेका शिक्षकको टाउकोमा लागेपछि कुँवरले निर्घात कुटेको विकका समकक्षीहरूले बताए । ‘विद्यार्थीहरुले सेनिटाइजरको बोतल माथि फाल्दा पंखामा ठोकिएर शिक्षकको टाउकोमा लागेको थियो’ विकका एक साथीले भने, ‘त्यसपछि अफिस कोठामा लागेर प्रिन्सिपलले कुट्नुभयो ।’ विक घाइते भएपछि उनलाई पोखरास्थित मणिपाल अस्पतालमा लगेर सिटी स्क्यान गरेको विककी आमाले बताइन् । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले प्रिन्सिपललाई आवश्यक छानबिन र अनुसन्धान थालेको बताए । ‘ल्याएर सोध पुछ गरेका हौं, अझै केही बुझ्न बाँकी छ’ रानाले भने, ‘विद्यार्थीको अवस्था पनि सामान्य बन्दै गएकोले उनी फर्केपछि विस्तृतमा अनुसन्धान हुनेछ ।’

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments