Incident Reports

हिमालयन हाइड्रोपावरमा युवा क्लबद्वारा जुलुस तथा धर्ना

2022-07-10

Gandaki, Lamjung, Besishahar, Ward 11

Gandaki, Lamjung

लमजुङ । पहिरोका कारण गाउँ जोखिममा परेको भन्दै बेसीशहर नगरपालिका-११ मा रहेको समाज सेवा युवा क्लबले हिमालयन पावरपार्टनर लिमिटेडको कार्यालयमा जुलुस तथा धर्ना कार्यक्रम गरेको छ । क्लबका पदाधिकारीहरूले हिमालयन पावर पार्टनरको कार्यालयलाई पहिरोका कारण गाउँनै जोखिममा परेपछि लिकेज भएको सुरुङको तत्काल मर्मतको माग गर्दे ज्ञापन पत्र बुझाएको र हाल सम्म पनि आफ्नो माग पुरा नगरी दिँदा आज आइतबार कार्यालय अगाडी जुलुस तथा धर्ना कार्यक्रम गरेको समाज सेवा युवा क्लबका अध्यक्ष ईश्वर राज सेढाईले बताए ।

दोर्दी खोलमा निर्माणाधीन २७ मेगावाटको हिमालयन पावर पार्टनर लिको सुरुङ टेस्टिङको क्रममा रामचोक फाँटस्थित केउरानी खोला भएको सुरुङ लिकेजको कारण ठाउँ ठाउँमा पहिरो जाँदा गाउँनै जोखिमता परेको समाज सेवा युवा क्लबका अध्यक्ष ईश्वर सेढाईले बताए । सुरुङको लिकेज बापत एक पटक मर्मत भइसकेको तर पनि पानी भने लिकेजनै भइरहेको हुँदा सो को कारण गाउँ नै विस्थापित गर्नु पर्ने अवस्थामा पुगेको अध्यक्ष सेढाईको भनाई छ । क्लबले सुरुङको पानी तत्काल खाली गरी मर्मत कार्य गर्न र सो क्षेत्रको जनधनको सुरक्षाको लागि हाइड्रोपावर समक्ष माग राख्दै धर्ना गरेको क्लबले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis