Incident Reports

कुटपिट गरेको भन्दै भूतपूर्व पति उजुरी l

2014-09-01

Province 1, Udayapur, Triyuga, Ward 2

जोगिदह गाविस-६ की २६ वर्षीया पूर्वपत्नी गंगा बुढाथोकीलाई छोरी पुर्‍याउन आएको विषयमा उदयपुरको बेल्टारबसाहा नपा-४ भुल्केका पूर्वपति ३१ वर्षीय रुद्रबहादुर कार्कीले निर्घातकुटपिट गरेको भन्दै पीडितले आरोपितविरुद्ध भदौ १६ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दिएकी छन् । उनको भदौ १६ गते नै जिल्ला अस्पतालमा घाँउजाँच गरिएको एसपी अजय भट्टराईले बताए । कुटपिटबाट बुढाथोकीको त्रि्रा र शरीरका अन्य भागमा चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइतेको भदौ १३ गते स्थानीय अस्पतालमा उपचार गरिएको छिमेकी भुपाल पौडेलले बताए । घटना भदौ १३ गते भएको थियो । १० वर्षीया छोरी ऐश्वर्यालाई घर पुर्‍याएर फर्कनेक्रममा कार्कीले बुढाथोकीलाई स्थानीय पुण्यप्रसाद घिमिरेको घरमा गएर दाउराले कुटपिट गरेको प्रत्यक्षदर्शी झुमा अधिकारीले बताइन् । कार्कीले पटक-पटक ज्यान मार्ने धम्की दिँदै आएको र घटना हुने दिन पनि प्रत्यक्षदर्शीकै अगाडि मार्ने धम्की दिएकोले ज्यान मार्ने उद्योगमा कारवाही गरी पाँउ भन्दै उनले निवेदन दिएकी छन् । छोडिसकेको घरमा छोरी पुर्‍याउने बहानामा आएको भन्दै कार्कीले स्थानीय पुण्यप्रसाद घिमिरेको घरमा गएर दाउराले कुटपिट गरेको प्रत्यक्षदर्शी झुमा अधिकारीले बताइन् । पीडितले आफूमाथि पहिला आइलागेकाले आफूले प्रतिकार गरेको आरोपितले बताएका छन । उनीहरूको तीन वटी छोरी छन् । ऐश्वर्या जेठी छोरी हुन् । उनी बुवा रुद्रबहादुर कार्कीकै घरमा बसेर पढ्ने गर्छिन् । बिदाको समयमा आमा भेट्न जोगिदह आएकी ऐश्वर्यालाई आमा गंगा आफै पुर्‍याउनु गएकी हुन् । अन्य दुई छोरी गंगाले नै माइती घरमा राखेर पढाउँदै आएकी छन् । २०६१ वैशाख २ गते सामाजिक परम्पराअनुसार विवाह बन्धनमा बाँधिएका उनीहरू व्यावहारिक मतभेद देखाउँदै १० वर्षछि ०७१ वैशाख १७ गते सम्बन्धबिच्छे्द गरेका थिए । सम्बन्ध बिच्छेदकोक्रममा जिल्ला अदालत उदयपुरले चाहेको बेला दुवैले भेट गर्न पाउने गरी दुई छोरी आमाले र एक छोरी बुवाले राख्ने गरी फैसला गरिदिएको गंगाले बताइन् । भरत खड्का

0 Comments

Related Reports
Related Trend Analysis