Incident Reports

आमाको कुटपिटबाट ६ वर्षीय बालक घाइते, आरोपित गिरफ्तार

2022-07-11

Gandaki, Tanahun, Shuklagandaki, Ward 10

शुक्लागण्डकी नपा-१० जुवालथरका ६ वर्षीय सागर नेपालीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ३२ वर्षीया आमा टिकादेवी नेपालीलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले असार २४ गते दिउँसो अगुल्टाले टाउकोमा पटकपटक प्रहार गरी घाइते बनाएको पीडित पक्षले आरोप लगाएको छ । स्थानीय बासिन्दाले उक्त घटना असार २५ गते जानकारी पाएपछि प्रहरीलाई खबर गरेको घाइते बालकका आफन्त यामबहादुर परियारले बताउनु भयो । प्रहरीले घाइते बालकको उद्धार गरेर उपचारको लागि शुक्लागण्डकी नपा ५ स्थित जिपि कोईराला अस्पतालमा ल्याएको थियो । बालकको उपचार अहिले सो अस्पतालमा भइरहेको छ । छोरालाई कुटपिट गर्ने आमा टिकादेवीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरि हिरासतमा राखेको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर भोजराज पाण्डेले बताउनु भयो । आरोपितलाई कानुन अनुसार कारवाही गरिने उहाँले बताउनु भयो । घाइते बालकको बाबुको मृत्यु गत महिना भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments