Incident Reports

प्रधानाध्यापकमाथि आक्रमण, भाग्ने क्रममा खुट्टा भाँचियो

2022-07-10

Province 1, Dhankuta, Dhankuta, Ward 8

धनकुटा — धनकुटा नगरपालिका ८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर बस्नेत कुटपिटबाट घाइते भएका छन् ।

विद्यालयका अर्का शिक्षकले बालिकामाथि यौन दुर्व्यवहार गरेको विषयमा छलफल भइरहेका बेला उनीमाथि कार्यकक्षमै आक्रमण भएको बताइएको छ । आइतबार राति ९ बजे प्रअ बस्नेतमाथि आक्रमण भएको र भाग्ने क्रममा उनको दाहिने खुट्टा भाँचिएको छ ।

प्रहरीले भने उक्त घटनाबारे मौखिक रुपमा मात्र जानकारी आएको तर उजुरी नपरेको जनाएको छ । विद्यालयका शिक्षक चन्द्रकुमार राईले छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको विषयमा पीडित तथा विद्यालयका प्रअ, अभिभावक संघ, व्यवस्थापन समितिका पदाधिकारी लगायत छलफलमा थिए ।

आरोपित राईलाई समेत विद्यालयमा पीडित बालिका र अभिभावकले घेराउ गरेर राति साढे ८ बजे प्रहरीलाई जिम्मा लगाएका थिए । त्यसपछि आफूमाथि पनि कुटपिट भएको बस्नेतको भनाइ छ ।

घाइते बस्नेतको जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि इटहरीस्थित बेदान्त अस्पतालमा थप उपचार गरिएको छ । घाइते प्रअ बस्नेत अपांगता भएका व्यक्ति हुन् ।

राष्ट्रिय अपांग महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । बस्नेतको खुट्टा भाँचिएपछि अपांगताका कारण बैसाखीसमेत टेक्न समस्या भएकोले जटिल अवस्था उत्पन्न भएको उनकी पत्नी भगवती बस्नेतले बताइन् । उपचारपछि फर्केर आफूमाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी दिने उनले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others types of mob justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports