Incident Reports

मार्ने धम्की दिने पतिविरुद्ध प्रहरीमा उजुरी l

2014-09-02

Bagmati, Kathmandu, Kathmandu, Ward 14

कुटपिट गरी मार्ने धम्की दिएको भन्दै मकवानपुर जिल्ला राईगाँउ गाविस-८ घरभई हाल काठमाडौँ मनपा-१४ कलंकी बस्ने २५ वर्षीय सुकराम थिङविरुद्ध उनकी पत्नी २२ वर्षीया पवित्रा थिङले महानगरीय प्रहरी परिसर काठमाडौँ महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भदौ १७ गते उजुरी दिएकी छन् । पतिले भदौ १६ गते निर्घातकुटपिट गरी मार्ने धम्की दिएपछि ज्यान जोगाउन हाल आफन्तको शरणमा बसेको पीडितले बताइन् । पतिलाई घरेलु हिंसा ऐन ०६६ बमोजिम कारबाही गरी शान्तिसुरक्षा कायम गरी पाँउ भनी पीडितले जाहेरीमा माग राखेकी छन् । पति सुकरामसँग ०६६ सालमा सामाजिक परम्परा अनुसार विवाह भएदेखिनै उनले दैनिक रुपमा कुटपिट गरी शारीरीक तथा मानसिक रुपमा यातना दिने र खानलाउन नदिने गरेको पीडित पवित्राको आरोप छ । कसैसँग बोल्दा हिड्दा पतिले कुटपिट गर्ने गरेको पीडितले बताइन् । उजुरीसँगै सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले आरोपीलाई गिरफ्तार गरी कारबाही गर्ने बताएकी छन् विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis