Incident Reports

गोरखा सदरमुकामको खोलखोलेमा एक युवक मृत भेटिए , हत्याको आशंका

2022-07-14

Gandaki, Gorkha, Gorkha, Ward 8

गोरखा सदरमुकामस्थित खोलखोलेमा एक युवक मृत अवस्थामा फेला परेका छन् । गोरखा नगरपालिका –८ आलेगाऊका २४ वर्षीय अनिश आलेमगर बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । नगरपालिकास्थित खोलखोलेमा सडकको नालीभित्र झाडिले छोपिएको अवस्थामा युवकको शव भेटिएको एसपी केदार खनालले बताए । बिहान ७ बजेर ३० मिनेटको समयमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको कानमा चोटपटक देखिएकाले घटना शंकास्पद रहेको खनालले बताए । घटनाको अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएको उनले बताए । सिसिटिभी फुटेजलगायतलाई आधार मानेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports