Incident Reports

दुर्व्यवहार भोग्दै आएकी बालिकाको उद्धार l

2014-09-01

Madhes, Bara, Jitpur Simara, Ward 20

लामो समयदेखि अभिभावकवाट दुर्व्यवहार भोग्दै आएकी बालिकालाई ०७१ भदौ १६ गते उद्धार गरिएको छ । हेटौडा नगरपालिका-१० भुटनदेवीमा वस्ने वावु मदन शर्मा र कान्छी आमा ज्योती शर्माले लामो समयदेखि दुर्व्यवहार गर्ने, निर्घात कुटपिट गर्ने र खानसमेत नदिने गरेकाले १२ वर्षीया सन्ध्या शर्मालाई बालबालिका क्षेत्रमा काम गर्ने एक दर्जन गैरसरकारी संस्थाहरूको सहयोगमा जिल्ला प्रहरी कार्यालय हेटौडाले उद्धार गरेको हो । सिविन वाल हेल्पलाइनमा आएको सूचनाको आधारमा बालिकालाई उद्धार गरिएको सिविनका कार्यक्रममा संयोजक झविन्द्र ज्ञवालीले बताए । उद्धार गरिएका वालिका सिविनमा नै राखिएको छ । भारत घर भई हेटौडामा वस्दै आएका शर्माले ०७१ भदौ १३ गते छोरीलाई कुटेर बाहिर निस्केपछि घर आएका छैनन् । बालिकाकी कान्छी आमा र उनलाई कुटपिट दुर्व्यवहार गर्न सहयोग गर्ने पुर्णमाया गोतामेलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रताप विष्ट

0 Comments