Incident Reports

बलात्कार आरोपित युवक गाउँलेद्वारा प्रहरीको जिम्मा l

2014-08-27

Lumbini, Dang, Tulsipur, Ward 6

एक महिलालाई बलात्कार गरेको आरोपमा पुरन्धारा गाविस-१ का २० वर्षीय गणेश विकलाई गाउँलेहरूले नियन्त्रणमा लिई भदौ ११ गते इलाका प्रहरी कार्यालय तुलसीपुरको जिम्मा लगाएका छन् । भदौ १० गते राति तीजको नाच हेर्न गएकी ती महिलालाई आरोपितले जबरजस्ती बलात्कार गरेको पीडित महिलाले बताइन् । उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा स्वास्थ्य परीक्षण गरिएको थियो । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ओम बहादुर रानाले बताए् । गमनसिंह खड्काN

0 Comments

Related Reports
Related Trend Analysis