2022-07-17
महोत्तरी । वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिवास नगरपालिका-१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनकाे ध्यानाकर्षण गराएका हुन् । राजनीतिक प्रतिशाेध लिने उद्देश्यले नियोजित ढंगबाट घटना भएकाे भन्दै दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने उनीहरूको माग छ । आइतबार संयुक्त विज्ञप्ति निकाल्दै वडाध्यक्ष शमशेर सिंह, पदमबहादुर आले, पूर्णबहादुर बल र कार्यपालिका सदस्य ऐश्वर्या बम्जन तामाङले पूर्वाग्राही ढंगले यस्ता दुर्व्यवहारकाे घटना गराएकाे आराेप लागेकाे छ ।
वडाध्यक्ष साहले आइतबार नै पीडकहरूविरुद्ध प्रशासनमा किटानी जाहेरी दिएका छन् । अभद्र व्यवहार कसुरअन्तर्गत दिएको उक्त किटानी जाहेरीमा स्थानीय सोहन पौडेल, समीर बैठा, रामनवीन महतो, विमलेश महतो, सन्जिव महतो, सरोजकुमार शर्मा, उपेन्द्र महतो र चान्द नट संलग्न भएको बताइएको छ । हातपात गर्ने क्रममा वडाध्यक्ष साहको दायाँ हातमा चोट लागेको छ भने एउटा मोबाइलसमेत हराएको स्थानीयले बताएका छन् । वडा नम्बर १२ को वडा कार्यालयमा स्थानीयहरूसँग छलफल भइरहेका वेला २९ असारमा आक्रमण भएकाे थियो ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Contestation between rival political parties outside elections |
Actor 1 - Number of people | 8 |
Actor 1 - Affiliations | Other/multiple/unspecified political affiliation |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |