Incident Reports

डाक्टरमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द

2022-07-17

Bagmati, Sindhupalchok, Indrawati

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पतालका चिकित्सकमाथि हातपात भएपछि अस्पतालका सबै सेवा बन्द भएको छ ।अस्पतालका कार्यालय प्रमुख डा. धर्मेन्द्र पाण्डेयमाथि आज साेमवार दिउँसो त्यही कार्यालयमा यसअघि एम्बुलेन्स चलाउने चालक चुनबहादुर रानामगरले बिरामी जाँच्ने कार्यकक्षमै गएर गालीगलौज तथा हातपात गरेका थिए । हातपात गर्ने पूर्वकर्मचारीलाई छानबिन गरी कारबाही नगरुन्जेल अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । कुटपिट गर्ने व्यक्ति फरार रहेका इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाईंले जानकारी दिनुभयो । गाउँपालिकाले करार सेवामा रहेका हातपात गर्ने कर्मचारीलाई साउन १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको थियो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in other institutions
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports