Incident Reports

मानव वेचविखन आरोपित पुर्पक्षका लागि थुनामा l

2014-08-26

Province 1, Ilam, Deumai, Ward 9

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका इलाम जितपुर गाविस-८ का ४५ वर्षीय ललिमान गिरीलाई जिल्ला अदालत इलामले पुर्पक्षकालागि थुनामा राख्न भदौ १० गते आदेश दिएको छ । १६ वर्षीया एक बालिकालाई विदेशमा रहेका बाबु भेटाइ दिने बहानमा ललाइ फकाइ घरबाट लिएर हिँडेका ललिमानलाई साउन १७ गते प्रहरीले गिरफ्तार गरेको थियो । ती बालिकालाई लिएर भारतर्फजानका लागि गाडी रिर्जव गर्ने क्रममा प्रहरीले थाहा पाएर आरोपितलाई इलामको भञ्ज्याङ्गबाट गिरफ्तार गरेको थियो । गिरीलाई भदौ १० गते नै जिल्ला कारागार चलान गरिएको डिएसपी अनुपम शम्सेर जबराले बताए । कोकिला ढकाल

0 Comments