Incident Reports

बहुविवाह आरोपित थुनामा l

2014-08-26

Province 1, Sankhuwasabha, Khandbari, Ward 7

बहुविवाह मुद्दामा फरार खाँदबारी नपा-१ का धनबहादुर विश्वकर्मालाई जिल्ला अदालतले भदौ ९ गते थुनामा राख्न आदेश दिएको छ । प्रहरीले उनलाई भदौ ९ गते गिरफ्तार गरी जिल्ला अदालतमा हाजिर गराएको थियो । जिल्ला अदालतले ०६८ मंसिर १९ गते एक वर्ष ११ महिना ११ दिन कैद सजाय र १० हजार जरिवाना सुनाएको थियो । उनी सो समयदेखि फरार भएका थिए । अदालतले भदौ ९ गतेदेखि कायम हुने गरी आरोपितलाई थुनामा कारागारमा राख्न आदेश दिएको हो । जेठी पत्नी सबिना विश्वकर्माले आरोपितबिरुद्ध ०६८ वैसाख ३ गते उजुरी दिएकी थिइन् । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis