Incident Reports

बहुविवाह गरेको आरोपमा उजुरी l

2014-08-25

Province 1, Dhankuta, Dhankuta, Ward 6

आँखिसल्ला गाविस-१ का २३ वर्षीय मिम्बे राईलाई दोस्रो विवाह गरेको आरोपमा प्रहरीले बहुविवाह अर्न्तर्गतको भदौ ९ गते मुद्दा दायर गरेको छ । जेठी पत्नी १७ वर्षीया अरिना राईले जिल्ला प्रहरी कार्यालयमा भदौ ८ गते दिएको उजुरीको आधारमा आरोपितसहित उनकी कान्छी पत्नीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शेषराज थान्दारले बताए । आरोपित राईले असार ८ गते ताङखुवा गाविस-४ की २१ वर्षीया पर्सला लिम्बूसँग दोस्रो विवाह गरेका थिए । आरोपितद्वयलाई जेठी पत्नीको मौखिक उजुरीको आधारमा भदौ ८ गते नै घरैबाट प्रहरीले गिरफ्तार गरेको थियो । आरोपितद्वयलाई थप अनुसन्धानको लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । एक वर्षअगाडि मिम्बेसँग विवाह गरेकी राईको चार महिनाको एक छोरी रहेकी छन् ।

0 Comments

Related Reports
Related Trend Analysis