Incident Reports

बलात्कारका आरोपित पुर्पक्षका लागि थुनामा l

2014-08-25

Province 1, Ilam, Illam, Ward 7

बालिका बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका इलाम बरबोटे गाविस-४ का ८६ वर्षीय चैनबहादुर देवानलाई भदौ ९ गते जिल्ला अदालत इलामले पुर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको छ । ११ वर्षीया एक बालिकालाई चार महिना अघिदेखि देवानले बलात्कार गर्दै आएको भन्दै उनी विरुद्ध स्थानीय बासिन्दा र अभिभावकले साउन १६ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले साउन १६ गते गिरफ्तार गरेको थियो । कोकिला ढकाल

0 Comments