Incident Reports

नागरिक विधेयक विरुद्ध हेटौंडामा राप्रपाको राँके जुलुस प्रदर्शन

2022-07-29

Bagmati, Makawanpur, Hetauda

हेटौंडा । संसदबाट पास गरिएको नागरिकता विधयेक विरुद्ध राप्रपा मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा राँके जुलुस विरोध प्रर्दशन गरेको छ । शुक्रबार साँझ राप्रपाले नागरिकता विधेयक,भ्रष्टाचार र अन्य समसामयिक विषयमा विरोध प्रदर्शन गरेको हो । उनिहरुले राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग गर्दे राँके जुलुस गरेका हुन् । हेटौंडा ५ सानोपोखरा स्थित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शनको यार्ली कान्तिराजथ,बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा राप्रपा नेपालका केन्द्रीय सदस्य दिपक बहादुर सिंहले सम्बोधन गर्दे प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक नेपाली जनतालाई नचाइएको बताए । उक्त नागरिकता विधेयक पास गर्न छिमेकी देश भारतले हाम्रा नेताहरुलाई ठुलो आश्वासन दिएको उनले बताए । एमालेले नौ महिना प्रतिनिधिसभा अवरोध गरेको तर नागरिकता विधयेक विरुद्द चुक्क समेत बोल्न नसकेको सिंहले बताए । उनले भने, ‘आफुलाई राष्ट्रवादी भन्ने कम्रडहरु अहिले कुन दुलोमा पसेका छन् ? ‘ सिंहले स्थानिय तहको चुनावमा आफुलाई सहयोग गर्ने जनताले अव आउने चुनावमा समेत दिपक सिंहलाई नै साथ दिने विश्वास रहेको बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments