2022-07-31
काठमाडौँ – विभिन्न चार वटा कम्युनिष्ट पार्टीले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)विरुद्ध मसाल जुलुससहित प्रदर्शन गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आइतबार बेलुकी राजधानीको बागबजार क्षेत्रमा मसाल जुलुस निकालेका हुन्। गठबन्धन सरकारले षड्यन्त्रपूर्ण तरिकाले एमसीसी सम्झौता संसदबाट पास गरेको उनीहरुको आरोप छ। देशको राष्ट्रियता र स्वाधिनता जोगाउन देशभक्त नागरिकहरु सचेत रहनुपर्ने उनीहरुको भनाइ छ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org , CPN (Maoist Center) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Foreign State |
Actor 2 - Youth | unknown |