Incident Reports

बालिकालाई बलात्कार प्रयास गर्ने थुनामा l

2014-08-20

Province 1, Jhapa, Buddhashanti, Ward 5

शान्तिनगर गाविस-९ की चार वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरी मुद्दा दर्ता गरिएका सोही ठाउँका ७७ वर्षीय योगनाथ खतिवडा अदालतको आदेशमा ०७१ भदौ २ गते पुर्पक्षको लागि कारागार चलान भएका छन् । आरोपितले ०७१ साउन ११ गते दिउँसो स्थानीय कृष्ण प्रणामी मन्दिरमा खेलिरहेकी ती बालिकालाई मन्दिर परिसरमा लगेर कपडा खोली बलात्कार प्रयास गर्न लाग्दा स्थानीय महिलाहरूले देखेपछि घटना भने हुन पाएको थिएन । आरोपितलाई घटना भएकै दिन प्रहरीले गिरफ्तार गरेको थियो । जिल्ला अदालतमा भएको थुनछेकको वहसको क्रममा पुर्पक्षमा राखी कारबाही अघि बढाउने आदेश दिएको थियो । आरोपितलाई जिल्ला कारागार पठाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका असई नवराज थापाले बताए । पीडित बालिकाको ०७१ साउन १२ गते मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य जाँच भएको थियो । अर्जुन बस्नेत

0 Comments

Related Reports
Related Trend Analysis