Incident Reports

कुटपिटका घटनामा संलग्न गिरफ्तार l

2014-08-17

Province 1, Morang, Biratnagar, Ward 6

विराटनगर उमनपा- ५ गोकुल टोलका २४ वर्षीय सुमन मग्राँतीले अन्तरजातीय विवाह गरेको भन्दै उनका बुवा केशव मग्राँतीलाई केटी पक्षकाले गालीगलौज गरी कुटपिट गरेको भन्दै भदौ ३ गते प्रहरीले केटीका बुवा भीम खतिवडा र मामा बाबुराम न्यौपानेसहित एक महिलालाई गिरफ्तार गरेको डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । गत भदौ १ गते केशवका छोरा सुमन तथा भीमप्रसादकी छोरी उर्मिला गाउँबाट हराएपछि केटी पक्षले रातीको समयमा घर मै आई गालीगलौज गर्दै कुटपिट गरेको पीडित परिवारले जानकारी दिए । केटी पक्षले दलित भएकै कारण आफूहरुलाई कुटपिट गरेको भन्दै जातीय विभेद र कुटपिट अपराधमा भदौ २ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । घटनाको सम्पन्धमा थप अनुसन्धान गरिरहेको डिएसपी ढकालले जानकारी दिए । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis