Incident Reports

कांग्रेस महासमिति सदस्य कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

2022-07-27

Madhes, Siraha, Siraha

सिरहा : नेपाली कांग्रेस सिरहाका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य जीवछ गुप्तालाई कुटपिट गर्ने सिरहा नगरपालिका-१२ सारस्वरका एमाले वडाअध्यक्ष शिवशंकर झालाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ। सिरहा कांग्रेस प्रतिनिधिसभा क्षेत्र-३ का सभापति संजय प्रकाश यादवलगायतका नेताहरूले मंगलबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन्। साउन ११ गते मालमोत कार्यालय सिरहामा जग्गा रजिष्ट्रेशन गराउने विषयमा विवाद हुँदा गुप्तालाई वडाअध्यक्ष झालगायत व्यक्तिले कुटपिट गरेका थिए। कुटपिटबाट गुप्ताको टाउको फुटेको छ। आँखासहित शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ। प्रहरी प्रशासनको कमजोरीका कारण ज्यान मार्ने मुद्दालाई अभ्रद व्यवहारमा दर्ता गरेको सभापति यादवको भनाइ छ।

'महासमिति सदस्य गुप्तालाई ८/१० जनाको समूहले मरणासन्न हुने गरि कुटपिट गरेको सीसीटीभीको फुटेज सार्वजनिक भएपनि कारबाहीको लागि प्रहरी प्रशासन ढिलासुस्ती गरिरहेको छ,'सभापति यादवले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ,'दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।' कुटपिटमा संग्लन देखिएपनि वडाअध्यक्ष खुलेआम घुम्दा प्रहरीले पक्राउ नगरेको उनको आरोप छ।  गाउँमै रहेका शिव पार्वती मन्दिरमा दान दिएको जग्गा अवैध रूपमा वडाअध्यक्ष झालगायतका व्यक्तिहरूले रजिष्ट्रेशन गराउन लाग्दा त्यसको विरोध गरेपछि महासमिति सदस्य गुप्तामाथि वडाअध्यक्ष झाले आफूसहित व्यक्तिहरूबाट कुटपिट गराएको ज्ञापनपत्रमा उल्लेख छ। अभ्रद व्यवहार मुद्दा दर्ता गरी कारबाही तथा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी सुवास बुढाथोकीले जानकारी गराए। आरोपितहरूको खोजी कार्य भइरहेको उनले सुनाए।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports