Incident Reports

प्रदेशसभा अगाडि प्रदर्शन : थरुहट र कोचिला नामकरण गर्न माग

2022-08-02

Province 1, Morang, Biratnagar

विराटनगर : प्रदेश सभाको अगाडि थरुहट कोचिला संयुक्त सघर्ष समितिले प्रदर्शन गरेको छ। प्रदेशसभाको चालु वर्षे अधिवेशनको बैठक चलिरहेको बेला संघर्ष समितिले प्रदेश १ को नाम पहिचान झल्किने गरी थरुहट कोचिला राख्नुपर्ने माग गर्दे प्रदर्शन गरेको हो। मुख्यमन्त्री राजेन्द्र राईले किराँत प्रदेश नभए देशमा द्वन्द्व हुने अभिव्यक्ति दिएपछि मंगलबार प्रदेशका दुई तिहाई जनसंख्या भएको उदयपुर, सुनसरी, मोरङ र झापाका थारु र राजवंशीसहित मधेशीहरूले आफूहरूको पहिचान झल्किने नाम राख्न माग गरेका छन्।

समितिको संयोजक भागवत चौधरीले लामो इतिहास रहेको थारु र राजवंशीसहितको मधेशी समुदायको पहिचानको आधारमा प्रदेशको नामकरण गर्न दवाव दिन शान्तिपूर्ण रूपमा प्रदर्शन गरिएको बताए। उनले जाति र माटिको रक्षार्थ आफूहरू फेरि आन्दोलित बनेको सुनाए। प्रदर्शनमा सहभागीहरूले प्रदेश १ मा एक तिहाई जनसंख्या रहेका राई, लिम्बूहरूको मात्रै पहिचान झल्किने नाम प्रदेश सभाले राखे आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिए। समितिका सहसंयोजक भीम राजवंशीले भेलाले प्रदेश १ को नाम दुई तिहाई जनसंख्या रहेका उदयपुर, सुनसरी, मोरङ र झापाका बासिन्दाको पहिचान झल्किने 'थरुहट–कोचिला' नाम राख्नु पर्ने बताए। उनले भने 'अहिले हामीले शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका छों, मागलाई अस्वीकार गरे निर्णायक आन्दोलनको घोषणा गर्ने छौं।' अहिले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूले छलफल गरिरहेका कोसी, कोसी-किराँत, सगरमाथा-किराँत, सगरमाथा, विजयपुर, कञ्चनजंघा, विराटजस्ता नाम आफूहरूलाई मान्य नहुने उनले बताए।

प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री राजेन्द्र राईले सहमतिमा नै किराँत, लिम्बुको पहिचान झल्किने प्रदेशको नाम राख्न खड्यन्त्र रचेको अधिकांशको आरोप रहेको थियो। प्रदेशको नामकरणका लागि सहमति जुटाउन प्रदेश सरकार, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका साथै प्रदेश सांसदहरूले पार्टीगत तथा अन्तरपार्टी छलफल चलाइरहेका छन्। प्रदेश सभाको चालु बजेट अधिवेशन नै अन्तिम अधिवेशन हुने भएकाले चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्न जोडबल लगाइरहेका छन्। नामकरणका लागि छलफल चलिरहेकाले किराँत राई यायोख्खाले 'किराँत' प्रदेश नाम राख्न दवावमुलक विभिन्न कार्यक्रम गर्दै आएको छ।

त्यसैगरी लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा पनि प्रदेश सभा अगाडि प्रदर्शन भएको छ। पहिचानका आधारमा प्रदेशको नाम लिम्बुवान किराँत प्रदेश राख्नु पर्ने भन्दै संघीय लोकतान्त्रिक राष्ट्र मञ्चले प्रदर्शन गरेका छन्। प्रदेशको नाम किराँत राख्नुपर्ने अडानमा राख्दै आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भड्किलो र विवादास्पद अभिव्यक्ति दिएपछि पछिल्लो समय प्रदेश १ को राजधानीमा प्रदेशको नामकरणको विषयमा आन्दोलन चर्किँदै गएको हो। पहिचानको आधारमा अरुण कोशी पूर्वका ९ जिल्ला लिम्बुवान हुनुपर्ने भन्दै लामो समयदेखि आन्दोलन गर्दै आएको मञ्चले प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान किराँत प्रदेश हुनुपर्ने भन्दै आन्दोलित भएका हुन्। मञ्चका अध्यक्ष कुमार लिङदेनले इतिहासको आधारमा लिम्बुवान र किराँत नै पहिचानको प्रदेश १ को नाम उपयुक्त हुने दावी गर्दै आएका छन्। प्रदेश १का स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा सवन्वय गर्न प्रदेश सरकारले नामकरण गर्ने विषयमा सहमति जुटाउने सबै पक्षसँग निरन्तर संवाद गरिरहेका छन्।   

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu and other plain indigenous groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments