Incident Reports

पति विरुद्ध प्रहरीमा उजुरी l

2014-08-19

Province 1, Morang, Katahari, Ward 3

कटहरी गाविस-२ की ३५ वर्षीया मुन्नी कामतलाई पति ३० वर्षीय बिनोद कामतले जुवातास खेली पैसा सकाई घरमा आएर कुटपिट गरेको भन्दै भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडितले दिएको उजुरी जिल्ला प्रहरी कार्यालयअर्न्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रले घरेलु हिंसा मुद्दामा दर्ता गरिएको प्रहरीले जनाए । आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थितिका लागि हाटखोला प्रहरीलाई पत्राचार गरिसकेको असई भगवती न्यौपानेले जानकारी दिइन् । सुकदेब चौधरी

0 Comments

Related Reports
Related Trend Analysis