Incident Reports

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन

2022-08-03

Bagmati, Kathmandu, Kathmandu, Ward 34

१८ साउन, काठमाडौं । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् । राप्रपाले यी माग राख्दै गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । तर आफूहरुको माग सम्बोधन नभएको भन्दै सडक आन्दोलन गरेको हो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments